१२ मंसिर २०८३, शुक्रबार

बालेनलाई पक्राउ गर्न चाहन्थे प्रचण्ड, यसरी जोगाएका थिए देउवाले

एसीपी संवाददाता

३० फाल्गुन २०८०, बुधबार ०९:२१ मा प्रकाशित

काठमाडौं। काठमाडौं महानगरका मेयर बालेन शाह ‘बालेन्द्र’लाई सरकारले पक्राउ गर्न योजना बनाएको तर दबाबका कारण पछि हटेको खुलासा भएको छ।

६ महिना अघि बालेन शाहले फेसबुक स्टाटस लेखेकै भरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले पक्राउ गर्न खोजेको तर पछि तत्कालीन गठबन्धनका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवासहितको अडानका कारण सरकार पछि हटेको खुलेको हो ।

यो रहस्यको खुलासा तत्कालीन गठबन्धनमा रहेका जनमत पार्टीका अध्यक्ष सिके राउतले गरे।

महानगरपालिकाको गाडी ट्राफिक प्रहरीले रोकेपछि १७ भदौमा मेयर शाहले सिंहदरबार जलाउने धम्की दिएका थिए, सरकारलाई चोर भनेका थिए। उक्त गाडीमा मेयर शाहकी पत्नी चढेकी थिइन्।

फेसबुकमै लेखेको भरमा प्रचण्डले शाहलाई पक्राउ गोप्य बैठक डाकेका थिए। कान्तिपुर टेलिभिजनको ‘फायरसाइड’ कार्यक्रममा अन्तर्वार्ता दिँदै अध्यक्ष राउतले तयतिखेर सरकारले गोप्य बैठक डाकेको र आफूहरुसँग सल्लाह मागेको उल्लेख गरका  छन्।

‘मैले उहाँ (बालेन) लाई कुनै हालतमा पक्राउ गर्न हुँदैन। उहाँको स्ट्याटसमा सवा लाखजति कमेन्ट आएका छन्। तीमध्ये ९५ प्रतिशतमा सरकारलाई नै गाली गरिएको छ, उहाँको समर्थन छ भनेर भनेको थिएँ, राउतले भनेका छन्।

सुरक्षा निकायका प्रमुख र काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसमेत उपस्थित बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले बालेनलाई पक्राउ गर्न नहुने अडान राखेका थिए।

लोकतन्त्रमा बोल्दैमा पक्राउ गर्न नमिल्ने अडान देउवाले राखेको राउतले खुलासा गरे ।  ‘लोकतन्त्र छ, यस्तो बोलिराख्छन् भनेर देउवाजीले भन्नुभयो। बोल्दैमा कहाँ आगो लगाइदियो त। बोल्दैमा के हुन्छ। बोल्न पाउनुपर्छ भन्ने उहाँ (देउवा)को भनाइ थियो,’ राउतले भनेका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x