१२ मंसिर २०८३, शुक्रबार

बाँदर आतंक नियन्त्रणका लागि भारतमा संञ्चालन हुने कार्यक्रम सहभागी हुन नेपाली टोलि प्रस्थान

एसीपी संवाददाता

२ चैत्र २०८०, शुक्रबार १८:३१ मा प्रकाशित

काठमाडौं –  बाँदर आतंक नियन्त्रणका लागि भारतको हिमाञ्चल प्रदेशमा संञ्चालन हुने कार्यक्रम सहभागी हुन नेपाली टोलि त्यस तर्फ प्रस्थान भएका छ्न ।  बाँदर बन्ध्याकरण कार्यक्रम अन्तरगत नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, वन तथा बातावरण मन्त्रालय, कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति, नेपाल स्थित भारतीय राजदुताबास तथा भारत सरकारको सहकार्यमा एक सताह सम्म संचालन हुने छ । आइतबार देखी  संचालन हुने तालीममा सहभागि हुन नेपालबाट १० जना पशु चिकित्सकहरु र ५ जना वन रेञ्जरज्यूहरु लाई तालिममा सहभागि हुन बिदाई गरिएको हो। 

म आशावादी छु वहाँहरुले तालिमबाट प्राप्त गर्नहुने ज्ञान सीप सिकेर सिकाउने कार्य गर्नु हुनेछ  डा. आरजु राणा देउवा प्रतिनिधि सभा सदस्य तथा  सभापतिले भन्नू भयो ।
कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति व्यवहारिक रुपमा लागु गरि स्वदेश फर्किसकेपछि यहाँहरुजस्तै अन्य प्राविधिकहरुलाई पनि सिप सिकाउनुहुनेछ ।
यो तालिम नेपालमा पछिल्लो समयमा भइरहेको बाँदर आतंकलाई न्युनिकरण गर्न कोसेढुङ्गा साबित हुनेछ साथै यो कार्यक्रमलाई थप प्रभावकारी बनाउन आवश्यक बजेट व्यवस्थापनका लागि नेपाल संग आग्रह गर्न चाहन्छु ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र बन तथा वातावरण मन्त्रालयबाट सिफारिस भई तालिममा हुन लाग्नुभएका सहभागिहरु विवरण  बारे सभापति डाक्टर आरजु राणा देउवा प्रतिनिधि सभा सदस्यले समाजिक संजालमा जनाउनु भएको छ ।

पशु चिकित्सक
१. डा.मनोज कुमार महतो
२. डा. रज्जित कुमार अधिकारी
३. डा. बब्लु ठाकुर
४. डा. अनन्त कोइराला
५. डा. हरिनारायण प्रसाद थारु
६. डा. भिम प्रसाद तिमिल्सिना
७. डा. बिनोद बहादुर कठायत
८. डा. सुलेश्वर मण्डल
९. डा. विशाल चन्द
१०. डा. विकास गिरि

रेन्जर
१. डा. चन्द्रकला राना
२. श्री अक्षय चौधरी
३. श्री पुरनदेव मिश्र
४. श्री दिपक बहादुर कुमार चन्द
५. श्री खिम राज ओली

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x