अर्थमन्त्री बन्ने लोभमा प्रचण्डलाई खुसी बनाउन कांग्रेसलाई गाली गर्दै स्वर्णिम वाग्ले, कांग्रेस-रास्वपाबीच दुरी बनाउन गर्दैछन् यस्तो षडयन्त्र
काठमाडौं । स्वघोषित विद्वान एवं रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्ले अहिले राजनीतिकको बिद्रुपीकरण खेलमा लागेका छन् । आफ्नो विज्ञलाई फोहोरी राजनीतिमा मिसाएर वाग्ले पतित बन्ने खतरा बढेको छ । फोहोरी खेलमा सामेल भएर उनले हुँदै नभएको गफ दिन थालेका छन् । विगतमा तथ्यगत कुरा मात्रै गर्ने वाग्ले राजनीतिको नसामा कपोलकल्पित र काल्पनिक कुरा बनाएर दुनियाँलाई दिग्भ्रमित पार्न थालेका छन् । यसको स्विकारोक्ति वाग्लेले संसदको रोस्टममा उभिएर पनि भनेका छन् ।
आफू तथ्यमा मात्रै बोल्ने तर यसपटक कांग्रेसलाई आक्षेप लगाउँदा आफूले तथ्य बिना बोल्नेपरेको आशयबाट उनले संसदको रोस्टममा कबोलेका छन् । भलै उनले प्रमाण छैन तर सत्य नै हो भन्ने दाबी गर्न भ्याए । वाककलामा सिपालु वाग्ले चुनावमा टिकट नपाएको झोंकमा कांग्रेसविरुद्ध विषवमन गर्न छाडेका छैनन् । परिवर्तित राजनीतिक समीकरणमा सत्तारुढ दलको सांसदको रुपमा आसन फेरीएसँगै वाग्लेको बोली र व्यवहार पनि फेरिएको छ ।
प्रधानमन्त्री प्रचण्डको चाकरीमा उनी हुँदै नभएको कुरा गरेर कांग्रेसलाई बदनाम गर्ने मिसनमा अग्रसर भएका छन् । वाग्ले कांग्रेसबाट टिकट नपाएपछि रास्वपा छिरेका थिए । चुनाव जितेर सांसद पनि बने । तर जुन विद्द्वता वाग्लेमा थियो, त्यसमा अहिले राजनीति मिसिएर पत्रुजस्तो भएको छ । कांग्रेससँगको पुरानो रिसका कारण वाग्लेले रास्वपालाई कांग्रेससँग सहकार्य नगर्ने वातावण बनाइरहेका छन् । अर्कोतिर वर्षमान पुनको नाम सुन तस्करी प्रकरणमा मुछिएकाले आफू अर्थमन्त्री बन्न पाउँछु कि भनेर हौसिएका छन् । यी दुबै पक्षबाट वाग्लेले कांग्रेसमाथि विषवमन गरिरहेका छन् ।
यसमा वाग्लेले कांग्रेसबाट रवि लामिछानेलाई प्रधानमन्त्रीको प्रस्ताव आएको, कांग्रेसको प्रस्तावले भागी भागी हिँड्नुपरेको जस्तो कपोल्कल्पित कुरा गरेका छन् । जबकी यसको खण्डन कांग्रेसले आधिकारिक रुपमै गरिसकेको छ । कांग्रेसबाट रास्वपामा गएको कारणले उनले कुनै पनि हालतमा रास्वपा र कांग्रेसलाई एक ठाउँमा आउन नदिन विभिन्न षडयन्त्रहरु गरिरहेको नेताहरु बताउँछन् । त्यही कारणले संसदमा अनावश्यक रुपमा कांग्रेसमाथि लाल्छना लगाउँछन् ।
वर्षमान पुन सुन तस्करी प्रकरणले बहिर्गमनमा परे आफू अर्थमन्त्री हुन्छु भन्ने लोभ लालचका कारण कांग्रेसलाई एक ठाउँमा आउनै नदिन हुँदै नभएको कुरा संसद र मिडियामा उठाएर भाजो हाल्ने काम गरिरहेका छन् । कांग्रेसलाई बदनाम गर्ने र रास्वपालाई टाढा राख्ने उनको रणनीति रहेको उनलाई चिन्नेहरु बताउँछन् । सदनमै वाग्लेले हुँदै नभएको नक्कली कुरा गरेपछि कांग्रेस सांसदले सदनबाटै काउन्टर गरेका छन् । सांसद नगिना यादवले प्रधानमन्त्री बन्ने कांग्रेसमै एक से एक नेता रहेको भन्दै नभएको कुरा नगर्न चेतावनी थिइन् ।
उनले वाग्लेको हिसाब नैं गलत परेको भन्दै उनको विज्ञतामै प्रश्न समेत उठाएकी थिइन् । कांग्रेसबाट सबै अवसर लिएर अहिले कांग्रेसकै बदख्वाई गर्न लाज लाग्दैन महोदय भनेर उनले दनक दिएकी थिइन् । कांग्रेसका अन्य नेताहरुले पनि यसको खण्डन गरेका छन् ।


