पत्रकार गुप्तामाथि दुब्र्यहार गर्नेले माफी मागे
नेपालगञ्ज । भेरी अस्पतालमा चैत १ गते पत्रकार अभिशेष गुप्तालाई दुब्र्यबहार गर्ने सुरक्षागार्ड सम्बद्ध कम्पनीले आत्मालोचना गर्दै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता ब्यक्त गरेको छ । गुप्ता आबद्ध संगठन नेपाल प्रेस युनियनको अगुवाईमा भेरी अस्पतालमा आज भएको छलफलमा अस्पतालको सुरक्षाको जिम्मेवारी लिएको कम्पनीले आत्मालोचना गर्दै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता ब्यक्त गरेसंगै दुब्र्यबहारको विषय सहमतिमा टुंगिएको युनियनका सचिव भिष्म लोधद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । प्रेस युनियन बाँकेका कार्यसमिति सदस्य समेत रहेका गुप्ता जी नेपाल टेलिभिजनमा कार्यरत छन् । उनीमाथि रिपोर्टिंगका क्रममा सुरक्षागार्डद्वारा दुब्र्यबहार भएपछि विभिन्न संगठनले घटनाको घोर भत्सर्ना गरेका थिए ।

यस्तै भेरीले चैत २ गते अस्पतालमा रिपोर्टिंग गर्दा सूचना अधिकारीसंग अनुमति लिनुपर्ने भन्दै प्रकाशित गरेको सूचनाको चौतर्फी आलोचना भएपछि उक्त सूचना सच्याउने प्रतिबद्धता पनि अस्पताल प्रशासनबाट ब्यक्त भएको जनाइएको छ । युनियनले पूर्ण प्रेस स्वतन्त्रताप्रतिको अस्पतालको प्रतिबद्धता कार्यान्वयन गर्न आग्रह गरेको छ । यसैबीच आजै साँझ भेरीले पहिलेको सूचनाको ब्यहोरा सच्याउँदै नयाँ सूचना जारी गरेको छ । उक्त सूचनामा प्रेस स्वतन्त्रताप्रति प्रतिबद्धता ब्यक्त गर्दै समाचार संकलनमा रोक लगाउने नियत नरहेको स्पष्ट पारिएको छ ।


