१२ मंसिर २०८३, शुक्रबार
बोआओ फोरममा सहभागी हुन परराष्ट्रमन्त्री श्रेष्ठ चीन जाँदै
काठमाडौँ —उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनमा हरेक वर्ष हुदै आएको बोआओ फोरम फर एसियामा नेपाली टोलीको नेतृत्व गर्दै सहभागिता जनाउने भएका छन् ।
चीनबाट यसै साता निम्तो आएपछि उनले नेपालको तर्फबाट भाग लिन लागेका परराष्ट्र स्रोतले बतायो । उक्त कार्यक्रम चैत १३ देखि १६ सम्म हुँदैछ ।
गत वर्ष प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त फोरममा नगएर भारतको पहिलो पटक भ्रमण गरेका थिए । दाहालले उक्त भ्रमण रद्द गरेपछि चिनिया पक्षले असन्तुष्टि व्यक्त गरेको थियो
चीनको हैनान प्रान्तको बोआओ शहरमा उक्त फोरम हुँदै आइरहेको छ । उपप्रधानमन्त्री श्रेष्ठको परराष्ट्र मन्त्रालय सम्हालेपछि यो नै पहिलो विदेश भ्रमण हुने । ईकान्तिपुर
Subscribe
Login
0 Comments


