२९ श्रावण २०८३, शुक्रबार

बहराइनसँग नेपाल ५-० ले पराजित

एसीपी संवाददाता

१० चैत्र २०८०, शनिबार १२:३१ मा प्रकाशित

नेपाल बहराइनसँग ५-० गोल अन्तरले पराजित भएको छ। विश्वकप र एसियन कप दुवैको छनोट खेल अन्तर्गत बहराइनको नेशनल स्टेडियममा सम्पन्न खेलमा बहराइनले नेपाललाई ५-० गोल अन्तरले पराजित गरेको हो।

बहराइनले खेलको पहिलो हाफमा ३ गोल गरेको थियो भने दोस्रो हाफमा २ गोल गरेको थियो।

यो हारसहित नेपालले एशियाबाट विश्वकप छनोटको समूह एच मा लगातार तेस्रो हार व्यहोरेको छ। नेपालले पहिलो खेलमा युएईसँग ४-० को हार व्यहोरेको थियो भने दोस्रो खेलमा यमनसँग २-० गोल अन्तरले हार व्यहोरेको थियो।

त्यस्तै, बहराइनले आफ्नो तेस्रो खेलमा दोस्रो जित हासिल गर्दै ६ अंक हासिल गरेको छ। यसअघि बहराइन युएईसँग २-० ले हारेको थियो भने यमनलाई २-० ले नै जितेको थियो।

अब नेपालले बहराइनसँग नै अर्को खेल आगामी मंगलबार राति खेल्ने छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x