१२ मंसिर २०८३, शुक्रबार
अबैध ब्याक्तिले अवैध ब्यापार , वडा प्रहरी कार्यालयद्वारा बरामद
नेपालगन्ज – अबैध भन्सार छलिको सामान बरामद भएको छ । जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका वडा नं.७ गगनगंज प्रगतिशिल मार्ग स्थितमा यस वडा प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलिले असरफ अन्सारीको घरमा नामथर वतन नखुलेका व्यक्तिले भाडामा लिई बस्दै आएको कोठामा रितपूर्वक खानतलासी गर्दा भारतबाट नेपालमा भन्सार छलि अबैध रूपमा चोरी पैठारी गरी ल्याईएका तपसिलमा उल्लेखित सामानहरु बरामद गरी आवश्यक कारवाहीको लागी नेपालगंज भन्सार कार्यालय बाँकेमा पठाईएको छ । 
१.कुर्ता सुरुवाल ४४३ थान
२.Gintop Capsule (Vitamin) ३,००० पत्ता
जम्मा अन्दाजी भन्सार मूल्य रु.१०,४३,०००।–(दश लाख त्रिचालिस हजार मात्र)
Subscribe
Login
0 Comments


