१२ मंसिर २०८३, शुक्रबार

शिक्षा ऐन बिपरीत कार्य गर्ने व्यक्तिहरु पक्राउ

एसीपी संवाददाता

२१ चैत्र २०८०, बुधबार २३:०२ मा प्रकाशित

नेपालगन्ज – शिक्षा ऐन बिपरीत कार्य गर्ने व्यक्तिहरु पक्राउ परेका छ्न । जिल्ला बाँके नेपालगंज उपमहानगरपालिका १२  स्थित मनोज कुमार ओलीले संचालन गरेको O&B A One Classes Institute का म्यानेजिङ डाइरेक्टर ईरफान अली मेकरानीलाई सोही स्थानमा दुई थान मोबाईल सहित पक्राउ गरेको हो । पक्राउ परेका ब्याक्ती सङ चेकजाँच गर्दा २०८० सालको SEE परिक्षाको विज्ञान तथा प्रविधि बिषयको प्रशनको उत्तर लेखी पाठाएको र सोही Institute मा रहेका दिलिप बि.क. र सन्तोष नेपालीलाई कक्षा १० (SEE) को विज्ञान बिषयको Solution Book र Practice Book राखी विज्ञान बिषयको प्रश्न पत्र प्रिन्ट गरि कापिको पानामा उत्तर लेख्दै गरेको अवस्थामा फेला परेको प्रमाण प्राप्त भएको हो ।  निजहरुको मोबाईलबाट बिद्यार्थीहरुलाई उत्तर पठाएको देखिएको हुँदा उक्त कार्य गर्न प्रयोग गरिएका ल्यापटप, मोबाईलहरु, प्रश्न पत्र र सोही प्रश्नका उत्तर लेखिएका उत्तर कापि सहित निजहरुलाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट दिन ५ म्याद थप गरि आबश्यक अनुसन्धान एवं कारवाही प्रक्रिया अघि बढाईएको।
२० गते जिल्ला बाँके नेपालगन्ज उपमहानगरपालिका २ स्थित रहेको लोटस बोर्डिङ स्कुलका नेपालगन्ज उपमहानगरपालिका वडा नं. ५ बस्ने टाईम शिक्षक अल्ताब खाँले SEE २०८० को विज्ञान बिषयको प्रश्न पत्रको उत्तर लेखी बिद्यार्थीलाई पठाएको मोबाईल सहित फेला परेको र सोही स्कुलका प्रधानाध्यापक तपन कुमार शर्माले शिक्षक अल्ताब खाँलाई विज्ञान बिषयको उत्तर लेख्न पठाएको भनि खुल्न आए पश्चात निजहरु दुबै जनालाई नियन्त्रणमा लिई सम्मानित बाँके जिल्ला अदालतबाट दिन ५ म्याद थप गरि आबश्यक अनुसन्धान एवं कारवाही प्रक्रिया अघि बढाईएको ।
कानूनी सजाय:- शिक्षा ऐन २०२८ को दफा १७ बमोजिम छ महिना सम्म कैद वा एक लाख रुपैया सम्म जरिवाना वा दुबै सजाय हुन सक्ने । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x