१२ मंसिर २०८३, शुक्रबार

राष्ट्रिय सभा उपाध्यक्षका लागि आज निर्वाचन हुँदै

एसीपी संवाददाता

२८ चैत्र २०८०, बुधबार ११:४८ मा प्रकाशित

राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि आज निर्वाचन हुँदैछ। राष्ट्रिय सभाको आज बस्ने बैठकमा निर्वाचन हुने कार्यतालिका रहेको छ। बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ।

राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि सत्ता गठबन्धन दलका तर्फबाट नेकपा एमालेकी विमला घिमिरे र प्रतिपक्षी दल नेपाली काँग्रेसको तर्फबट विष्णुदेवी पुडासैनी उम्मेदवार छन्।

राष्ट्रिय सभा सदस्य दुर्गा गुरुङले काँग्रेसकी पुडासैनीलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् भने भगवती न्यौपानेले एमालेकी घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

आजको राष्ट्रिय सभा बैठकमा अध्यक्ष नारायण दाहालले दुवै उम्मेदवारका प्रस्तावकहरूलाई पालैपालो निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। जुन प्रस्ताव बहुमतले पारित हुन्छ, त्यही निर्वाचित हुने सङ्घीय संसद सचिवालयले जनाएको छ।

त्यस्तै आजको बैठकमा राष्ट्रिय सभाका सचिव डा.सुरेन्द्र अर्यालले राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्रतिनिधि सभामा पठाइएको ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७’ का सम्बन्धमा जानकारी गराउने छन्। नागरिक न्युज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x