१७ जेष्ठ २०८१, बिहीबार

हिन्दु बाट ईदका दिन चार जना बने मुस्लिम , गरे धर्मपरिवर्तन

एसीपी संवाददाता

३० चैत्र २०८०, शुक्रबार ०७:४८ मा प्रकाशित

बर्दिया – बर्दियाको  जिल्लाको मोतीपुरमा जोडिएको  गुलरियामा मुस्लिमले हिन्दू परिवारका चार जनाको धर्म परिवर्तन गराएका छन् । ईदका दिन एक हिन्दु परिवारका चार जनाको धर्म परिवर्तन भएको हो ।  प्राप्त जानकारी अनुसार बर्दिया नगरपालिका गुलरिया निवासी राजेश गुप्ता श्रीमती र दुई साना छोराछोरीसहित मुस्लिम धर्म ग्रहण गरेका थिए  । यो सुचना पाउने बित्तिकै  वडा अध्यक्ष टंकप्रसाद अधिकारीलाई थाहा भएपछि उनी प्रहरीसहित घटनास्थल पुगे र त्यसअघि नै सबैलाई इस्लाम धर्ममा परिणत गराइएको थियो । जानकारी  राजेश गुप्ताले आफूले आफ्नो स्वेच्छाले हिन्दू धर्म त्यागेर मुस्लिम धर्म स्वीकार गरेको बताए ।

तर स्थानीय नागरिक महेश, विष्णु देवकोटा जानकी आदिका अनुसार लामो समयदेखि राजेश गुप्ताको घरमा मुस्लिम समुदायका मानिसहरु आउने गरेका थिए ।  राजेश गुप्ताको आर्थिक अवस्था राम्रो थिएन ।  यसैको फाइदा उठाउँदै मुस्लिम समाजले राजेश गुप्ताको ब्रेन वास गरेर परिवारसहित धर्म परिवर्तन गराएका हुन ।

आखिर किन ईदको दिन धर्म परिवर्तन गराईयो  ?

गुलरिया नगरपालिकाका निवासी राजेश गुप्ताले परिवारसहित धर्म परिवर्तन गरेको खबर फैलिएसँगै पूरै इलाकामा हलचल मच्चिएको हो ।  केही समयमै राजेश गुप्तालाई कट्टरपन्थीहरूले धर्म परिवर्तन गराएको ठाउँमा धेरै हिन्दू पुगे तर त्यसअघि राजेश गुप्ताको परिवारसहित धर्म परिवर्तन भइसकेको थियो।  राजेश गुप्ताको दिमाग यति भरियो कि उनले आफैंले हिन्दू धर्म छोडेर इस्लाम धर्म परिवर्तन गरेको भन्न थाले।  मौलानाहरूले राजेश गुप्ताको नाम बदलेर बाबा सरैया राखेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x