१७ जेष्ठ २०८१, बिहीबार

सर्वाेच्चको आदेश छलेर विश्वासको मत लिने तयारीमा गण्डकीका मुख्यमन्त्री, कांग्रेसको विरोध

एसीपी संवाददाता

६ बैशाख २०८१, बिहीबार ०९:२१ मा प्रकाशित

पोखरा। संविधान मिचेर गण्डकीको मुख्यमन्त्री बनेका खगराज अधिकारीले फेरि अर्काे चाल चलेका छन्।

सर्वाेच्च अदालतले दीर्घकालीन निर्णय नगर्न आदेश दिएर कामचलाउ सरकारमा परीणत गरेका बेला अधिकारीले विश्वासको मत लिने तयारी गरेका हुन्। यसमा गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले गठबन्धनलाई सघाएका छन्।

१० वैशाखमा सर्वाेच्च अदालतमा पेसी रहेका बेला अधिकारीले विश्वासको मत लिन हतारहतार संसदको विशेष अधिवेशन बोलाउन सिफारिस गरेका थिए। भट्टले बुधबार मात्र निर्णय गरेर ७ वैशाखमा अधिवेशन बोलाएका हुन्।

मुख्यमन्त्री र प्रदेश प्रमुखको यो कदमको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विरोध गरेको छ। निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले विज्ञप्ति जारी गरी अदालतबाट भएको अन्तरिम आदेश, संविधान र विद्यमान कानुनको बेवास्ता गर्दै अधिवेशन आह्वान गरिएकामा विरोध जनाए।

‘सम्मानित सर्वोच्च अदालतको अन्तरिम आदेश र मुद्दाको पेसीसमेतलाई बेवास्ता गर्दै अदालतको आदेशको समेत अवहेलना हुने गरी गण्डकी प्रदेश सरकारले विभिन्न नियुक्ति गर्नु तथा वैशाख ७ गते दिउँसो ३ बजेका लागि प्रदेशसभा बैठक आह्वान गर्न सिफारिस गर्नु र माननीय प्रदेश प्रमुखले बैठक आह्वान गर्नु  गैरजिम्मेवार कदम हो,’ उनले भनेका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x