३१ जेष्ठ २०८१, बिहीबार

माधवको चटानी अडानले ओलीलाई ठुलो झट्का, सुदुरपश्चिममा लज्जास्पद हार!

एसीपी संवाददाता

७ बैशाख २०८१, शुक्रबार १४:१७ मा प्रकाशित

काठमांडौ । सुदुरपश्चिम प्रदेशमा एकिकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी मुख्यमन्त्री नियुक्त भएसंगै एमालेका अध्यक्ष केपी शर्मा ओलीको ठुलो हार भएको छ । विभिन्न घट्नाक्रमपछि सत्ता गठबन्धनले सुदुरपश्चिममा एसलाई नेतृत्व दिने सहमती गर्यो ।

गठबन्धनको निर्णय लगत्तै एकिकृत समाजवादीको केन्द्रिय सचिवालयको बैठकले सोडारीलाई अघि सार्ने निर्णय गर्यो । तर, ओलीले कुनै पनि हालतमा सोडारीलाई मुख्यमन्त्री मान्न सकिदैन भनेर ‘ओभरस्मार्ट’ बन्न खोज्दा ठुलो हार बेहोर्नु परेको छ ।

ओलीले सोडारीलाई नमान्ने संकेत गरेपछि माधवले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासंग पनि संवाद जारी राखेका थिए । कांग्रेस नेता नारायण खड्काको घरमा बुधवार सॅाझ दुई नेताबीच भेट भएको थियो । भेटमा बैकल्पिक गठबन्धनका तयार रह्ने र संवाद जारी राख्ने सहमती भएको थियो । तर, हालको लागि यो सम्भावना टरेको छ । माधव नेपालको चट्टानी अडानले ओलीलाई झुक्न बाध्य पारेको छ । माधवको चतुर्यताको आगाडी ओलीको च्वाखे दाउको केही सिप लाग्न सकेनन् ।

र, अन्ततः मधवको ऐतिहासिक जित र ओलीको लज्जास्पद हार भएको छ । एमाले र माओवादीको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका सोडारी र ओलीबीच ईगोको लडाई पुरानो रहेको छ । तर, माधव नेपालको परिपक्व राजनितीले ओलीको हार र सोडारीको मुख्यमन्त्री बन्ने बाटो खुल्ला भएको एकिकृत समाजवादीका एक नेताले बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x