१७ जेष्ठ २०८१, बिहीबार

वर्तमान सत्ता गठबन्धन छिटै पतन हुन्छ : कांग्रेस

एसीपी संवाददाता

८ बैशाख २०८१, शनिबार ०८:३५ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धन अविश्वासको बोझले छिटै पतन हुने बताउनुभएको छ ।

शुक्रबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता महतले यस्तो दाबी गर्नुभएको हो ।

प्रवक्ता महतले अहिलेको गठबन्धनलाई अप्राकृतिक गठबन्धनको संज्ञा दिनुभयो । उहाँले गठबन्धनमा रहेका दलहरुबीच अविश्वास रहेको कुरा प्रदेश सरकार गठनका क्रममा भएका घटनाक्रमहरुबाट स्पष्ट हुने बताउनुभयो । उहाँले वर्तमान सत्ता गठबन्धनमा विश्वासको रत्तिभर अंश नरहेको जिकिर गर्नुभयो ।

प्रवक्ता महतले नयाँ सत्ता समीकरण अवसरवादी रहेको बताउनुभयो । उहाँले नयाँ समीकरण पतन भइसकेपछि कसरी जाने भन्नेमा नेपाली कांग्रेस सचेत र सजग रहेको बताउनुभयो ।

प्रवक्ता महतले पछिल्लो समीकरणको सरकार बनेपछि नागरिकमा निराशा छाएको र सरकारप्रतिको भरोसा घटेको बताउनुभयो । अर्थतन्त्र लयमा जाने र लगानीको वातावरण बन्नेमा विश्वास घटिरहेको बताउनुभयो । ईमेजखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x