७ कार्तिक २०८१, बुधबार

उत्तरी गाजा पट्टीमा घर फर्कन संघर्ष गर्दै प्यालेस्टाइनी

एसीपी संवाददाता

११ बैशाख २०८१, मंगलवार ०९:३१ मा प्रकाशित

एजेन्सी । आफ्नो घर फर्कन उत्सुक बिस्थापित प्यालेस्टाइनीहरूले सबै प्रकारका जोखिमहरूको बावजुद उत्तरी गाजा पट्टीमा फर्कने प्रयास शुरु गरेका छन् ।

उनीहरुले आफ्नो घरबाहेक आफूसँग केही नभएको भन्दै घर फर्किनुको विकल्प नरहेको बताएका छन् । उनीहरुले आफूलाई सहज रुपले हिँड्न पनि कठिन रहेको बताए । उत्तरी गाजा पट्टीमा फर्कन अनुमति दिइएकाले आफू घर फर्किन लागेको उनीहरुको भनाइ छ ।

धेरै मानिसहरूले इजरायली सेनाबाट महिला र १४ वर्षसम्मका बालबालिकाहरू फर्कन सक्ने पत्रहरू प्राप्त गरेपछि उत्तरमा आफ्नो घर फर्कन लागेको बताएका छन् ।

गाजाको स्वास्थ्य मन्त्रालयले मङ्गलबार गरेको घोषणा अनुसार गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या ३३ हजार ८४३ पुगेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x