१२ मंसिर २०८३, शुक्रबार

चिनियाँ जासुस बारे जर्मनीदेखि बेलायतसम्म धरपकड

एसीपी संवाददाता

११ बैशाख २०८१, मंगलवार ११:५७ मा प्रकाशित

लण्डन । बेलायतमा दुई जनालाई चीनका लागि जासुसी गरेको आरोपमा अभियोग लगाइएको छ भने जर्मनीमा तीन जना संदिग्धलाई पक्राउ गरिएको छ । बेलायतको संसद्‍मा एक अनुसन्धानकर्ता र अर्का एक व्यक्तिविरुद्ध चीनका लागि जासुसी गरेको आरोपमा मुद्दा दायर गरिएको हो ।   अनुसन्धानकर्ता २९ वर्षीय क्रिस्टोफर क्यास र ३२ वर्षीय क्रिस्टोफर ब्यारीलाई अफिसियल सेक्रेट एक्ट अन्तर्गत मुद्दा दायर गरिएको छ । बेलायतको चरमपन्थी विरोधी प्रहरीले यी आरोपहरू निकै गम्भीर प्रकृतिका रहेको बताएको छ ।

यी दुवै अभियुक्त गत मार्चमा अनुसन्धानका क्रममा पक्राउ परेका थिए । जानकारीका अनुसार क्रिस्टोफर क्यास संसद्‍मा अनुसन्धानकर्ता थिए र उनीसँग धेरै कन्जरभेटिभ सांसदहरूसँग सम्बन्धित गोप्य सूचनाहरू थिए।

उता जर्मन प्रहरीले पनि चीनका लागि जासुसी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको जनाएको छ । मुख्य सन्दिग्ध थोमस आरलाई चीनको आन्तरिक सुरक्षा मन्त्रालयमा काम गरेको आरोप लगाइएको छ।

अभियोजकहरूका अनुसार थोमसले एक फ्रन्ट कम्पनी चलाउँदै थिए जुन जर्मन अनुसन्धान संस्थाहरूसँग नजिकबाट काम गरिरहेको थियो।  उनले संवेदनशील सूचना सङ्कलन गरेको आरोप छ । यसमा युद्ध जहाजमा प्रयोग गर्न सकिने इन्जिनको डिजाइन पनि समावेश छ।

थोमसले यो जानकारी चीनसँग साझा गरेको आरोप लगाइएको छ । जर्मन अभियोजकहरूले थोमस र उनका सहयोगीहरूले सेनाले प्रयोग गर्न सक्ने जानकारी सङ्कलन गरेको आरोप लगाएका छन् ।

बीबीसी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x