१ जेष्ठ २०८१, मंगलवार

रञ्जिता र रेशमको मिलन, लुम्बिनी र सुदूरपश्चिम सरकार संकटमा

एसीपी संवाददाता

१६ बैशाख २०८१, आईतवार १२:३६ मा प्रकाशित

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीभित्र देखिएको दुई महिनादेखिको विवाद समाधानतर्फ गएको छ।

अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशमलाल चौधरी फरकफरक कित्तामा उभिँदा पार्टी नै विभाजन हुने स्थितिमा पुगेको थियो भने प्रदेश सरकारमा सहभागिताबारे पनि मतभेद थियो।

तर, अब रञ्जिताले नै पार्टी र सरकार दुवै चलाउनगरी सहमति जुटेपछि वाम गठबन्धनका दुई प्रदेश सरकार संकटमा परेका छन्। रञ्जितासँगको तस्विर साझा गर्दै रेशमले अब लुम्बिनी र सुदूरपश्चिम सरकारबाट समर्थन फिर्ता लिने घोषणा गरेका छन् ।  महासचिव ठाकुरसिंह थारुलाई साँक्षी राखेर रेशमले सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारबाट पार्टी बाहिरिने घोषणा गरेका छन्।

लुम्बिनीमा माओवादीका जोखबहादुर महरा मुख्यमन्त्री छन्। लुम्बिनी सरकारमा जसपा असन्तुष्ट छ, एक मन्त्रीले राजीनामा दिइसकेका छन्। यो अवस्थामा चार सिट रहेको नागरिक उन्मुक्ति निर्णायक थियो। तर, नाउपा सरकारबाट बाहिरियो भने महराको कुर्सी धरमर हुनेछ।

अर्काेतर्फ सुदूरपश्चिममा गठबन्धनबाट एकीकृत समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्री छन्। यहाँ संविधान मिचेर सरकार बनाइएकाले सर्वाेच्च अदालतमा मुद्दा छ। यसअघि रेशम पक्षधर पाँच जनाले सोडारीलाई समर्थन नगरेपनि रञ्जिता पक्षधर दुई सांसदले समर्थन गरेका थिए। अब पार्टी एकढिक्का भएमा यहाँ निर्णायक रहेको नाउपा वैकल्पिक गठबन्धनतिर लाग्ने देखिन्छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x