१ जेष्ठ २०८१, मंगलवार

के भीम रावल एमाले छाड्दै छन् ? भन्छन्- निषेधको राजनीतिले घुम्तीमा पुगेको छु

एसीपी संवाददाता

१६ बैशाख २०८१, आईतवार १४:४१ मा प्रकाशित

काठमाडौं। एमाले का नेता भीम रावलले पार्टी छाड्ने संकेत गरेका छन्।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीभित्रको निषेधित राजनीतिको कारण घुम्तीमा पुगेको बताएका हुन्।

आफूलाई एमाले अछाम जिल्ला अधिवेशन हुँदै राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा समेत निषेध गरिएको उनले बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पार्टीको १०औं महाधिवेशनमा प्रतिस्पर्धा गरेकै कारण आफूलाई निधेष गरिएको उनको निश्कर्ष छ।

‘गोदावरीको अधिवेशनमा मलाई उहाँहरुले जुन प्रकारले व्यवहार गर्नुभएको छ, यसपछि मैले के सोचेको छु भने अब मलाई राजनीतिको जीवनको एउटा मोडमा धकेलिएको जस्तो मलाई महशुस भएको छ । एउटा घुम्तीमा पुगेजस्तो मैले महसुश गरेको छु । हामी सबैलाई थाहा छ, हाम्रो सामान्य जीवनमा पनि हिँड्दै जादा घुम्तीमा पुग्यौं भने त्यो अर्को मोडमा मान्छे लाग्छ,’ उनले भने, ‘कतै उहाँहरुले मलाई त्यो घुम्तीमा धकेलेर अर्को मोडमा जाओस् भनेर यो काम त गरिरहेको हो कि भन्ने मैले महसुश गरेको छु । म घुम्तीमा पुगेको छु भने मोड कस्तो हुने छ  फेरि म त्यो कुरामा आउने छु।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x