१ जेष्ठ २०८१, मंगलवार

लगानी सम्मेलन : भारत र मलेसियाका निजी क्षेत्रसँग दुई सम्झौतामा हस्ताक्षर

एसीपी संवाददाता

१६ बैशाख २०८१, आईतवार १४:४५ मा प्रकाशित

काठमाडौं- काठमाडौंमा आइतबार सुरु भएको तेस्रो लगानी सम्मेलनमा निजी क्षेत्रबीच दुईवटा सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्मेलनको उद्घाटन सत्रपछि नेपाल र विदेशी निजी क्षेत्रका संस्थाबीच व्यावसायिक सहकार्यमा सम्झौता भएको हो ।

सम्मेलनका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ र नेशनल चेम्बर अफ कमर्स, मलेसियाबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धनबारे सम्झौता भएको हो ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र मलेसियन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका अध्यक्ष टान सी डाटो थायन लाईले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

त्यसैगरी डाटा सेन्टर निर्माण तथा सञ्चालनमा सहकार्यका लागि नेपाल र भारतका दुई व्यावसायिक समूहबीच पनि सम्झौता भएको छ ।

डाटा सेन्टर स्थापनाका लागि बीएलसी ग्रुप नेपाल र योट्टा डाटा सर्भिसेसज भारतबीच सम्झौतामा हस्ताक्षर भएको हो ।

बीएलसी ग्रुपका प्रबन्ध निर्देशक मेघा चौधरी र योट्टाका प्रमुख कार्यकारी अधिकृत सुनिल गुप्ताले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x