१२ मंसिर २०८३, शुक्रबार

बाँकेको क्षेत्रीय कारागार आजदेखि सञ्चालनमा आउने

एसीपी संवाददाता

२० बैशाख २०८१, बिहीबार ०९:४७ मा प्रकाशित

काठमाडौं– बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्तामा निर्माण भएको क्षेत्रीय कारागार आजदेखि सञ्चालनमा आउने भएको छ ।

क्षेत्रीय कारागारको उपप्रधनमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

कारागारमा ए, बी, सी र डी गरी चारवटा ब्लक रहेका छन् । पहिलो चरणमा बी ब्लकमा २५२ कैदीबन्दी राखिने बाँके जिल्ला कारागारका जेल अर्जुनजंग शाहले जानकारी दिए ।

उनका अनुसार कारागारको क्षमताभन्दा बढी रहेका कैदीबन्दीलाई क्षेत्रीय कारागारमा राखिने छ । हाल ए ब्लकमा बाल सुधारगृह सञ्चालन गरिएको जेलर शाहले जानकारी दिए ।

देशभरकै कारागारमा कैदी बन्दीको संख्या बढी भएपछि सरकारले नौबस्तामा क्षेत्रीय कारागार बनाएको हो । १० बिघा क्षेत्रफलमा रहेको नौबस्ता क्षेत्रीय कारागार तीन हजार मानिस अट्ने क्षमताको छ । खबरहब

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x