१२ मंसिर २०८३, शुक्रबार

ललितपुरमा एक टहरोमा आगलागी, एकै परिवारका पाँच जना घाइते

एसीपी संवाददाता

२३ बैशाख २०८१, आईतवार १३:३१ मा प्रकाशित

ललितपुरमा एउटा टहरोमा आगलागी हुँदा एकै परिवारका पाँच जना घाइते भएका छन् ।

आइतबार बिहान ललितपुर महानगरपालिका-१७ मा रहेको एक टहरोमा आगलागी हुँदा एकै परिवारका पाँच जना घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

फाईल तस्वीर

उनका अनुसार टहरोभित्र मोबिल राखिएको ठाउँमा आगलागी भएकाले नियन्त्रणमा लिन समय लागेको थियो । आगलागी नियन्त्रणमा लिन पाँचवटा दमकल प्रयोग गरिएको र अहिले नियन्त्रणमा आएको एसपी सुवेदीले बताए ।

आगलागीमा परी घाइते हुनेहरूमा सञ्जय गिरी, उनकी श्रीमती रुपा, छोरा नित तथा छोरीहरू प्रिया र एलिसा छन् । उनीहरू सबैलाई उपचारका लागि किष्ट अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x