१२ मंसिर २०८३, शुक्रबार
झलनाथ खनाल भन्छन्- मैले पार्टीका ६ जना सांसद लिएर पार्टी फुटाउँदै छु भनेर हल्ला फैलाइयो
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफूले पार्टी फुटाउन लागेको भनेर भ्रम फैलाइएको टिप्पणी गरेका छन् ।
‘केही दिनदेखि हाम्रो गौरवमय पार्टी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पनि विभाजित हुँदै छ, ६ जना सांसद लिएर झलनाथ खनालले संसदीय दल फुटाउँदै छन् भन्ने हल्ला बडो तीव्र रूपले फैलाइएको छ,’ खनालले मंगलबार प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ ।
त्यसले पार्टीभित्र भ्रमको कुहिरो फैलिएको पनि खनालले उल्लेख गरेका छन् । ‘केही अवाञ्छित, स्वार्थी र कम्युनिस्टविरोधी तत्त्वहरूले सुनियोजित रूपले यस्तो प्रचार गरेका छन् । त्यसले पार्टी व्यापी रूपमा एउटा भ्रमको कुहिरो फैलाइदियो,’ उनले विज्ञप्तिमा भनेका छन् ।
पार्टी १०औँ महाधिवेशनको सम्मुखमा पुगेको उल्लेख गर्दै खनालले यस्ता खाले झुटो प्रचारबाट होसियार रहन पनि आग्रह गरेका छन् । शिलापत्र

Subscribe
Login
0 Comments


