१२ मंसिर २०८३, शुक्रबार

कोशीमा एमाले-माओवादीले दाबी पेस गर्दै

एसीपी संवाददाता

२७ बैशाख २०८१, बिहीबार ११:२० मा प्रकाशित

काठमाडौं– कोशी प्रदेशमा नयाँ सरकार गठनको आह्वान भएको छ।

बुधबार राति खापुङले संविधानको धारा १६८ को उपधारा (५) अनुसार २८ गते शुक्रबार अपरान्ह ५ बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गरेका हुन् ।

यसअघि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत नलिएकाले पदमुक्त भइसकेको दाबी गर्दै नयाँ सरकार गठनका लागि आह्वान गर्न भन्दै बुधबार नै निवेदन दिएका थिए ।

एमाले संसदीय दलका नेता हिक्मत कार्कीका अनुसार आज दिउँसो एमाले-माओवादीले नयाँ सरकारका लागि संयुक्त दाबी पेश गर्ने तयारी छ।

एमालेले आफ्ना सबै सांसदलाई बिहान ११ बजेसम्ममा संसद् सचिवालयमा भेला हुन निर्देशन दिएको छ। उता माओवादीले पनि आफ्ना सांसदहरूलाई संसद् सचिवालय आउन आग्रह गरेको जनाएको छ।

एमालेले नयाँ मुख्यमन्त्रीको रूपमा पुनः हिक्मतकुमार कार्कीलाई पठाउने निर्णय गरेको छ। उनी यसअघि दुईपटक मुख्यमन्त्री बनिसकेका छन्।खबरहब

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x