१२ मंसिर २०८३, शुक्रबार

एमालेलाई मधेसमा झडका, वीरगन्जका पूर्वमेयरले छाडे पार्टी

एसीपी संवाददाता

२८ बैशाख २०८१, शुक्रबार १५:१५ मा प्रकाशित

काठमाडौं। एमालेलाई मधेशमा झड्का लागेको छ। वीरगन्जका पूर्वमेयर विजयकुमार सरावगीले एमाले छाडेका हुन्।

सरावगीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्दै एमालेको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको उल्लेख गरेका हुन्।

उनी पार्टीमा भूमिका नपाएपछि असन्तुष्ट थिए। राजनीतिमा सक्रिया भन्दा पनि निष्क्रिय बनाउने काम भएको उनले पत्रमा उल्लेख गरेका छन् ।

‘पार्टीले हाम्रो क्षमतालाई प्रयोग गर्न सकेन । म त वीरगन्जको मेयर पनि भइसकेको व्यक्ति हुँ । वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष भएको हुँ । हाम्रो कार्याअनुभवलाई पार्टीले चिन्न सकेन,’ उनले भने।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x