१२ मंसिर २०८३, शुक्रबार

वीरगन्जका पूर्वमेयर विजय सरावगीले एमालेबाट दिए राजीनामा

एसीपी संवाददाता

२९ बैशाख २०८१, शनिबार ०९:३१ मा प्रकाशित

वीरगन्ज महानगरपालिकाका पूर्वमेयर विजय सरावगीले नेकपा एमाले छाडेका छन्।

सरावगीले साधारण सदस्यसमेत नरहने गरी एमाले पार्टीबाट राजीनामा दिएका हुन्। उनले राजीनामा पत्र भने गत बुधबार नै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पठाएका भए पनि यसको जानकारी शुक्रबार सामाजिक सञ्जालमार्फत दिएका हुन्।

नेकपा एमालेका केन्द्रीय परिषद् सल्लाहकार सदस्य रहेका सरावगीले एमाले पार्टीमा आफूलाई कुनै भूमिका नदिइएको, निष्क्रिय बनाएर राखिएको गुनासो गरेका छन्। यसपछि आफू कुनै पनि दलमा नलाग्ने र स्वतन्त्र रूपमा समाजसेवामा लाग्ने उनले बताएका छन्।

२०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम (हाल जसपा) बाट वीरगन्ज महानगरको मेयरमा निर्वाचित सरावगी गत स्थानीय तह निर्वचनभन्दा पहिले २०७८ फागुन २८ गते जसपा छाडेर एमालेमा प्रवेश गरेका थिए। जनकपुरटुडे

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x