१२ मंसिर २०८३, शुक्रबार

केपी ओली एमाले अध्यक्ष कि रास्वपा प्रवक्ता?

एसीपी संवाददाता

२९ बैशाख २०८१, शनिबार २०:२७ मा प्रकाशित

काठमाडौं। केपी शर्मा ओली को हुन् भनेर सोध्दा सबैको उत्तर आउछ, एमाले अध्यक्ष। उनी पूर्वप्रधानमन्त्री पनि हुन्। तर, अचेल ओलीको परिचय फेरिएको छ। उनी एमाले अध्यक्ष हुन् वा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवक्ता भनेर खुट्याउनै नसकिने स्थिति बनेको छ।

रास्वपा सभापति रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लागेकै बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री बनाए। उनी पोखराको सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्न रहेको पुष्टि भइसकेको छ।

तर, एमाले अध्यक्ष केपी शर्मा ओली भने लामिछानेलाई सफाया दिँदै हिँडेका छन्। रविको बचाउमा ओली यति विघ्न लागेका छन् कि त्यति बचाउ त रास्वपा उपसभापति स्वर्णिम वाग्ले, डिपी अर्याल र महामन्त्री मुकुल ढकालले पनि गरेका छैनन्।

एमाले संसदीय दलको शुक्रबारको बैठकमा ओलीले अहिले सहकारी अपचलनको छानबिन गर्नका लागि संसदीय समिति बनाउनुपर्ने भन्ने कांग्रेसले समिति बनेदेखि नै रवि लामिछानेलाई गृहमन्त्रीबाट हटाउनुपर्छ भनेर लाग्ने बताए।

यसअघि सहकारीको अवस्थाको छानबिन गरौं भन्ने कांग्रेसले अहिले रवि लामिछानेमाथि छानबिन गरौं भन्दै आएको ओलीले बताए। तर, कांग्रेस भने सुरुदेखि नै रविमाथि छानबिनको माग गर्दै आएको छ। संसदको अघिल्लो सदनमा रविमाथि संसदीय छानबिनको माग गर्दा सरकारले अधिवेशन नै अन्त्य गरेको थियो।

कांग्रेसले छानबिन समिति माग्दै जाने हो भने भविष्यमा अरुको पनि छानबिन हुने उनले बताए । ‘राजनीतिमा यस प्रकारका छुद्र खेलहरू खेलिनु हुँदैन । कोही दोषी छ भने छानबिन र कारबाही गर्नु बेग्लै कुरा हो । दोषी छैन, कसैको उजुर छैन, केही छैन, फेरि दोषी करार गरेर कुनै पार्टीलाई सनक चल्यो भन्दैमा, कसैलाई धक्का पर्‍यो भन्दैमा त्यस प्रकारको छानबिन गर्ने ? ओलीले भने, ‘अब फेरि कसैलाई उजुर हाल्न लाइदेला, उजुरीका आधारमा छानबिन गर्ने हो भने सबैका विरुद्ध उजुरी पर्छन्, सबैको छानबिन हुनुपर्छ किनकि आधार त केही पनि चाहिँदैन निरु यस्तो खालको कुरो कमसेकम नेपाली कांग्रेसले गर्नु हुँदैनथ्यो।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x