१२ मंसिर २०८३, शुक्रबार
मधेसमा चार दलकाे गठबन्धन, मुख्यमन्त्रीमा एमालेको दाबी
मधेस प्रदेश सरकारमा नेकपा एमाले, माओवादी केन्द्र, जनमत र लोसपा पार्टीबिच गठबन्धन हुने भएको छ।
सरकारको नयाँ नेतृत्व नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवले गर्ने निश्चित भएको स्रोतले जानकारी दिएको छ।
एमाले नेतृत्वमा माओवादी, जनमत, लोसपासहितको समर्थनमा नयाँ सरकार बनाउन दाबी पेस गर्ने तयारी भइरहेको बताइएको छ।
मधेस प्रदेशमा एमालेको २४, जनमतको १३, लोसपाको ८ र माओवादीको ९ गरी ५४ जना प्रदेशसभा सदस्य पुग्छन्। कुल १०७ प्रदेश सभा सदस्य रहेको मधेस प्रदेशमा सरकार बनाउन ५४ जना प्रदेशसभा सदस्य आवश्यक पर्छ। नागरिकन्युज
Subscribe
Login
0 Comments


