१२ मंसिर २०८३, शुक्रबार

कांग्रेस संसदीय दलको बैठक बस्दै

एसीपी संवाददाता

३१ बैशाख २०८१, सोमबार १०:०३ मा प्रकाशित

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको हो । संसदीय दलको बैठकअघि दिउँसो १ बजे संसदीय दल कार्यसमितिको बैठक बस्नेछ ।

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री संलग्न रहेको आरोप लगाउँदै संसदीय छानबिन समिति माग गरिरहेको छ । सरकारले संसदीय छानबिन समिति बनाउन आनाकानी गरिरहँदा संसदीय काम कारबाही अघि बढ्न सकेको छैन ।

जेठ १ मा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने कार्यतालिका रहेको छ । तर, कांग्रेसले भने आफूहरूले राखेको माग पूरा नभएसम्म संसद सहज रूपमा अघि बढ्न नसक्ने चेतावनी दिँदै आएको छ ।

संसदीय छानबिन समिति बनाउन आइतबार बालुवाटारमा कांग्रेसका शीर्ष नेतासहित प्रधानमन्त्रीको बैठक बसेको थियो । जसमा आजसम्म निष्कर्षमा पुग्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

आजको कांग्रेस संसदीय दलको बैठकमा मंगलबारको संसद बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल हुनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x