१२ मंसिर २०८३, शुक्रबार

एमालेले गृहमन्त्री रवि जोगाउन खोज्दा सरकारको नीति तथा कार्यक्रम नै प्रभावित हुने संकेत

एसीपी संवाददाता

३१ बैशाख २०८१, सोमबार १८:११ मा प्रकाशित

काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई जसरी पनि सहकारी ठगी प्रकरणमा जोगाउने रणनीति लिएपछि संसदसँगै सरकारको नीति तथा कार्यक्रम पनि प्रभावित हुने चरणमा पुगेको छ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहे पनि संसद चल्छ वा चल्दैन अहिलेसम्म टुंगो छैन।

रास्वपा सभापतिसमेत रहेका रवि सहकारी ठगीमा जोडिएको प्रमाण सरकारी प्रतिवेदनमै रहे पनि एमाले अध्यक्ष ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जोगाउन लागिपरेका छन्। उनीहरुको अडानका कारण रविमाथि छानबिनका लागि संसदीय समिति नबन्दा कांग्रेस आक्रामक हुँदै गएको छ।

ओलीले कांग्रेसका मागलाई कटाक्ष गर्दै रवि निर्दाेष रहेको टिप्पणी गर्दै हिँडेका छन्। प्रचण्ड भने कांग्रेसलाई ब्ल्याकमेलिङ गर्न थालेका छन्। नीति तथा कार्यक्रम सरकारको हो, राष्ट्रपतिले प्रस्तुत गर्ने मात्र हो। तर, बहालवाला राष्ट्रपति कांग्रेसबाट निर्वाचित भएकाले प्रचण्डले नीति तथा कार्यक्रम अगाडि बढ्न नसके कांग्रेस जिम्मेवार हुने बताइरहेका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x