१२ मंसिर २०८३, शुक्रबार

भारतको मुम्बईमा होर्डिङ बोर्डले थिच्दा १४ जनाको मृत्यु, ७४ घाइते

एसीपी संवाददाता

१ जेष्ठ २०८१, मंगलवार ०९:४१ मा प्रकाशित

काठमाडौं– भारतको मुम्बईमा एक होर्डिङ बोर्ड ढल्दा कम्तिमा १४ जनाको मृत्यु भएको छ । घटनामा ७४ जना घाइते भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

हिजो अपराह्न वर्षासँगै आएको हावाहुरी र आँधीका कारण १७ हजार ४० वर्गफिटको उक्त होर्डिन बोर्ड ढलेकाे थियो । होर्डिङ बोर्ड ७० मिटर लम्बाइ र ५० मिटर चौँडाइको थियो ।

उक्त बोर्ड वर्षा र हावाहुरी चलिरहेको अवस्थामा पेट्रोल स्टेनमा ओत लागेर बसेका मानिसहरुमाथि ढलेकाे थियो ।

होर्डिङ बोर्ड मुनि फसेकाहरुको उद्धारका लागि धातु काट्न विभिन्न ठूला उपकरणहरू प्रयोग भइरहेको जनाइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x