१२ मंसिर २०८३, शुक्रबार

तेस्रो प्रयासमा आज विश्वासको मत लिँदै सुदूरपश्चिमका मुख्यमन्त्री सोडारी

एसीपी संवाददाता

३ जेष्ठ २०८१, बिहीबार ०९:३१ मा प्रकाशित

तेस्रोपटकको प्रयासमा सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिँदै छन् । आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने कार्यसूची रहेको छ । त्यसका लागि आज बिहान सवा १० बजे बस्ने गरी प्रदेशसभाको बैठक आह्वान गरिएको छ ।

६ वैशाखमा सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीलाई एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसद तारा जोशीको समर्थन रहेको छ ।

एमाले विश्वासको मत दिने तर सरकारमा जाने निर्णयमा पुगेपछि सोडारीलाई सहज भएको छ । एमालेले विश्वासको मत दिए सोडारीको सरकार जोगिने अवस्थामा रहेको छ ।

एकीकृत समाजवादीबाट मुख्यमन्त्री भएका सोडारीलाई एमालेले सुरुमा मुख्यमन्त्रीमा समर्थन गर्न अस्वीकार गरेको थियो । लामो रस्साकस्सीपछि एमालेले सोडारीलाई मुख्यमन्त्री स्वीकार गरेको थियो ।

त्यही रस्साकस्सीका कारण विश्वासको मत दिन पनि आनाकानी गरेको हो । त्यही आनाकानीका कारण २१ र २२ वैशाखमा मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने प्रयास गरेका थिए ।

सोडारीलाई एमालेसहित माओवादी केन्द्र, नागरिक उन्मुक्तिका २ सदस्य र स्वतन्त्र सांसद तारा जोशीको समर्थन रहेको छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन २७ सांसद आवश्यक पर्छन् । यहाँ एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नाउपा रन्जिता पक्षका दुई सांसद र स्वतन्त्र सांसदले विश्वासको मत दिँदा बहुमत पुग्छ ।

प्रदेशसभामा हाल नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, एमालेका ११, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक स्वतन्त्र सांसद छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x