१२ मंसिर २०८३, शुक्रबार

आठ करोडको कोकिनसहित तीन विदेशी महिला पक्राउ

एसीपी संवाददाता

४ जेष्ठ २०८१, शुक्रबार ०९:२६ मा प्रकाशित

काठमाडौं – प्रहरीले करिब ८ करोड मूल्य बराबरको लागुऔषध कोकिनसहित तीन जना विदेशी महिलालाई नियन्त्रणमा लिएको छ ।

लागुऔषध नियन्त्रण ब्युरोले बिहीबार पत्रकार सम्मेलन गर्दै काठमाडौंका विभिन्न स्थानबाट २ किलो ६५४ ग्राम कोकिनसहित तीन महिलालाई पक्राउ गरेको जानकारी दिएको हो।

वैशाख ३० गते कतारबाट काठमाडौं आएकी युगान्डाकी ४४ वर्षीया केभिना मुगाला सिनामंगलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। उनको पेटभित्र लागुऔषध रहेको शंका लागेपछि प्रहरीले प्रहरी अस्पताल लगेर पेटबाट १ किलो २६० ग्राम कोकिन निकालेको थियो।

यस्तै, जेठ २ गते धोबीचौरबाट पक्राउ परेकी  युगान्डाकै लिलयान सुसनको साथबाट १ किलो ३९४ ग्राम कोकिन बरामद भएको थियो।

यसैगरी, भारतीय नागरिक ३३ वर्षीया दिवा जनी पाल जेठ २ गते पक्राउ परेकी थिइन्। उनको साथबाट ३९४ ग्राम कोकिन बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जना अन्तर्राष्ट्रिय गिरोहका सदस्य रहेको प्रहरीले जनाएको छ।

कोकिनको बिरुवा दक्षिण अमेरिकाको पहाडी र जङ्मल क्षेत्रमा पाइन्छ। मुख्यतया पेरु, कोलम्बिया,, बोलिभिया र चिलीको दक्षिणी भेगमा कोकिनको अवैध उत्पादन हुने गर्दछ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x