१२ मंसिर २०८३, शुक्रबार

नेपाली काँग्रेस संसदीय दलको बैठक बस्दै

एसीपी संवाददाता

७ जेष्ठ २०८१, सोमबार ०८:४२ मा प्रकाशित

काठमाडौं । नेपाली काँग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक संघीय संसद भवन नयाँ बानेश्वर, ल्होत्से हलमा ९ बजे बस्ने जनाइएको छ ।आज बस्ने संसद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिँदै हुनुहुन्छ । सहकारीको बचत रकम हिनामिना गरेको विषयमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन समिति गठनको माग गर्दै आएको काँग्रेसले संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा धारणा बनाउन बैठक बस्न लागेको हो ।

संसदीय दलको बैठक बस्नुअघि सभापति एवम् दलका नेता शेरबहादुर देउवाले संघीय संसद् भवनमा संसदीय दल कार्यसमितिमा छलफल गर्दै हुनुहुन्छ । ईमेजखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x