१२ मंसिर २०८३, शुक्रबार

वडा अध्यक्ष ईसाक जोलाहको अभद्र ब्यवहार

एसीपी संवाददाता

७ जेष्ठ २०८१, सोमबार ११:५६ मा प्रकाशित

नरैनापुर गाउँपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरुबाट जारी २०८१ जेठ ६ गते आइतवारको दिन बिहान करिब ११:११ बजेको समयमा यस नरैनापुर गाउँपालिकाको कार्यालय भित्रको योजना शाखामा आफ्नो कुर्सीमा बसी कार्यालयको कामकाज गरीरहेको समयमा यस गाउँपालिकाका वडा नं. १ का वडा अध्यक्ष श्री इसाक जोलाहाले यस कार्यालयका इन्जिनियर श्री प्रविन श्रेष्ठ र सगिर अहमद दर्जीलाई फोहर अपाच्य शब्द प्रयोग गरी गाली गलौज गरी कुटपिटको प्रयास गर्नुका साथै हातपात गरेको र तिमीहरुलाई ज्यान मारी जेल जान्छु भनी धम्की समेत दिने जस्ता अवाञ्छित क्रियाकलाप एवम् व्यवहार प्रदर्शन गर्नु भएकोले सो कार्यको हामी सम्पूर्ण कर्मचारीहरु घोर भत्सर्ना र निन्दा गर्दछौ । 

वडाध्यक्ष जस्तो जिम्मेवार पदमा आसिन व्यक्तिले यस प्रकारको अवाञ्छित एवम् गैर-कानूनी आचरण प्रदर्शन गरेका कारण कर्मचारीहरुको मनोवल खस्किनुका साथै ईज्जत मान प्रतिष्ठामा समेत गम्भीर आघात पर्न गएको छ । यस प्रकारको क्रियाकलापले कर्मचारीहरुलाई कार्यालयमा काम गर्न भय एवम् त्रास उत्पन्न भई कानून विपरितका कार्य समेत गर्नेपर्ने बाध्यता सिर्जना भई कार्य सम्पादनमा गम्भीर समस्या आउने निश्चित छ । तसर्थ दोषी उपर प्रचलित कानून बमोजिम कारवाहीको माग गर्दै कानूनी कारवाहीको प्रक्रिया अगाडी नबढ्दा सम्म नरैनापुर गाउँपालिका तथा सम्पूर्ण वडा कार्यालयहरुमा अत्यावश्यक सेवा बाहेक अन्य सम्पूर्ण सेवाहरु बन्द रहने व्यहोरा जानकारी गराउंदै यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x