१२ मंसिर २०८३, शुक्रबार

सरकारविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन गर्ने कांग्रेसको निर्णय, रविमाथि संसदीय छानबिन मुख्य एजेण्डा

एसीपी संवाददाता

१० जेष्ठ २०८१, बिहीबार १०:३० मा प्रकाशित

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार अधिनायकवाद उन्मुख रहेको निष्कर्ष निकालेको छ।

बुधबार बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले काठमाडौंमा विरोध प्रदर्शन गर्ने निर्णय पनि गरेको छ।

शुक्रबार काठमाडौंमा विरोध प्रदर्शनको प्रस्ताव गरिएको छ भने काठमाडौंका १५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि पठाउने तयारी छ ।
सहकारी ठगीमा संलग्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बन्नुपर्ने कांग्रेसको मुख्य एजेण्डा छ। कांग्रेस यसअघि सदनमा आवाज उठाउदै आएकामा अब सडकमा उत्रिन लागेको हो।

कांगेस सूचना सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले भने, ‘संसद्‌मा पहिलेदेखि नै कांग्रेसले यो माग राखेको छ।। सरकार अधिनायकवादतर्फ उन्मुख भएको छ । अहिले संविधान, लोकतन्त्र, मानव अधिकार, प्रेस स्वतन्त्रता, जनताको शान्ति सुरक्षा र सुशासन कायम गर्ने कुरा चुनौतीपूर्ण अवस्थामा छ । त्यसमाथि विवादित गृहमन्त्रीले स्वतन्त्र प्रेसमाथि प्रतिसोध साँधेर जुन हर्कत थाल्नुभएको छ, यसको विरुद्ध कांग्रेसले सडकमा प्रदर्शन गर्ने र स्थानीय तहसम्म सरकारको यस्तो कार्यको भण्डाफोर गर्ने भन्ने निष्कर्षमा पुगेका छौँ।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x