१२ मंसिर २०८३, शुक्रबार

कर्तुत लुकाउन रविको चाल, रविकै निर्देशनमा रास्वपाका नेताले दिएका थिए सिरोहियाविरुद्ध उजुरी

एसीपी संवाददाता

१० जेष्ठ २०८१, बिहीबार १०:३४ मा प्रकाशित

काठमाडौं। उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न व्यक्ति हुन्। उनले  पोखराको सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारीबाट अवैध रुपमा ऋण लिएका छन्। तर, गृहमन्त्रीविरुद्ध छानबिन गर्ने आट प्रहरीले गरेको छैन।

यही विषयमा कान्तिपुर दैनिकसहित मिडियाले निरन्तर समाचार लेखेपछि उनले मिडियालाई नै तारो बनाउन थालेको छ। यसको सुरुवात रविले कान्तिपुरबाट सुरु गरेका छन्। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेपछि अन्य मिडिया र आफ्नो आलोचना गर्नेमाथि पनि दबाब बढाउन सकिने उनले बुझे।

त्यही भएर रविले आफ्नै पार्टी रास्वपाका मधेश प्रदेश सदस्य इन्द्रजीत प्रसाद महतोलाई छाने।

WhatsApp Image 2024-05-22 at 11.54.46 AM.jpeg

मधेश प्रदेशका महतोलाई रविले निर्देशन दिए। गोप्य छलफल गरे। लामिछानले आफ्ना स्वकिय सचिव दीपक बोहरालाई जनकपुर खटाए। अनि सिरोहियाविरुद्ध उजुरी दिन लगाए । अर्काे व्यक्तिसँग नागरिक नम्बर मिलेकै आधारमा उनीविरुद्ध प्रहरीमा उजुरी दर्ता भएको छ।

त्यही आधारमा प्रहरीले सिरोहियालाई मंगलबार मिडिया हाउसबाटै पक्राउ गरेको थियो। महतो पेशाले डाक्टर हुन्। हरिवनमा पोलिक्लिनिक सञ्चालन गर्दै आएका छन्। यसअघि उनी धरानमा प्राध्यापक थिए । ०७९ को आमचुनावमा महतोले सर्लाही क्षेत्र नम्बर ३ (क बाट प्रदेश सभा सदस्यमा उम्मेदवार बनेका थिए।

WhatsApp Image 2024-05-22 at 11.54.40 AM.jpeg
undefined
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x