१२ मंसिर २०८३, शुक्रबार

सदन अवरोध गरिरहेको कांग्रेस आजदेखि सडकमा, संसदीय छानबिन समिति ‘बटमलाइन’

एसीपी संवाददाता

१३ जेष्ठ २०८१, आईतवार ०९:५२ मा प्रकाशित

सहकारी ठगीमा संलग्नलाई कारबाही र पीडित बचतकर्तालाई न्याय माग्दै नेपाली कांग्रेसले आज आइतबारदेखि सडक आन्दोलन गर्दै छ । गृहमन्त्री रवि लामिछाने नै सहकारी ठगीमा संलग्न रहेको दाबी गर्दै महिना दिनयता निरन्तर सदनमा अवरोध गरिरहेको कांग्रेसले पहिलो चरणमा आइतबार काठमाडौं, ललितपुर र भक्तपुरबाट कार्यकर्ता उतार्न लागेको हो । यसपछि निरन्तर आन्दोलनको आकार बढाउँदै लैजाने कांग्रेसको योजना छ ।

आजको आन्दोलनअन्तर्गत भद्रकाली, सुन्धारा, शान्तिबाटिका र पुतलीसडकमा भेला भई र्‍यालीसहित प्रदर्शनमार्गस्थित भृकुटीमण्डपमा पुगेर मध्यान्ह १२ बजे सभा गरिने जिल्लाका पदाधिकारीले बताएका छन् ।

कांग्रेसको सडक आन्दोलनलाई पनि गृहमन्त्री लामिछानेलक्षित नै मानिएको छ । सदनमा कांग्रेसले लामिछानेको समेत नाम तोकेर संसदीय छानबिन समिति बनाउनुपर्ने भन्दै निरन्तर अवरोध गरिरहेको छ । तर सत्तापक्ष पेलेरै अघि बढ्न खोजेको र सभामुख देवराज घिमिरेसमेत निष्पक्ष नदेखिएको भन्दै कांग्रेसले सडकबाट पनि दबाब सिर्जना खोजेको देखिन्छ ।

गृहमन्त्री लामिछाने र उनी नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी भने कांग्रेसले मागेजसरी छानबिन समिति गठनको पक्षमा छैन । लामिछानेको नाम तोकेर अनुसन्धान गर्ने कुरालाई उसले इन्कार गर्दै आएको छ । एमाले र माओवादीलाई भने लामिछाने छानबिनमा तानिँदा त्यसको असर सत्ता समीकरणमा पर्न सक्ने भय छ । दुवै पक्षको अडानका कारण यो मुद्दा थप पेचिलो बन्दै गएको छ ।

प्रतिपक्ष र सत्तापक्ष सहकारीपीडितको मागमा कम, सत्तामा बढी केन्द्रित भएर माग, अडान राखिरहेको कतिपयको बुझाइ छ । तर, राजनीतिक तहबाट प्रभावकारी पहल भए आफ्नो बचत फिर्ता हुने आशामा सहकारीका हजारौँ बचतकर्ता प्रतीक्षारत छन् ।

यसैबीच, सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुङग्याउन आज शीर्ष नेताहरूबीच पुनः छलफल हुँदै छ । कार्यादेश तय गर्न गठित कार्यदलले अन्तिम ड्राफ्ट बुझाएपछि त्यसलाई प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीले टुङ्ग्याउने कानुनमन्त्री पदम गिरीले बताएका छन् । शिलापत्र

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x