३१ जेष्ठ २०८१, बिहीबार

कोलकत्ता नाइट राइडर्स आईपीएल सीजन १७ माथि कब्जा जमाए

एसीपी संवाददाता

१४ जेष्ठ २०८१, सोमबार १०:२१ मा प्रकाशित

चेन्नई, एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) सीजन १७ को उपाधी कोलकत्ता नाइट राइडर्सले चुमेका छन् ।
सनराइजर्स हैदराबादलाई लज्जास्पद रुपमा ८ विकेटले हराउदै केकेआरले तेश्रो पटक आईपीएलको उपाधी चुम्न सफल भएका हुन् । श्रेयस ऐंयरको शान्त कप्तानीको प्रभाव सीजन १७ मा देखाउदै सधै उफ्रिने सनराइजर्स हैदराबादलाई शान्त पार्दै धरापमा पारेर उपाधी माथि कब्जा जमाएको छ ।
आइतबार सम्पन्न फाइनल खेलमा हैदराबादले प्रस्तुत गरेको १ सय १४ रनको सामान्य लक्ष्यलाई कोलकात्ताले १०.३ ओभरमा २ विकेट गमाएर विजयी लक्ष्इ पुरा गरे । कोलाकाताले यसअघि सन् २०१२ र २०१४ सिजनमा आईपीएल उपाधि जितेको थियो । सन् २०२१ को फाइनलमा पुगेपनि टोली उपाधिबाट वञ्चित बनेको थियो ।
कोलकाताका लागि वेंकटेश ऐयरले नटआउट रहँदै ५२ रन बनाए । उनले २६ बलमा ४ चौका र ३ छक्का हिर्काए । उनलाई ३२ बलमा ३९ रन बनाउँदै रहमानुल्लाह गुरबाजले राम्रो साथ दिए । हैदराबादका लापि प्याट कमिन्स र शहबाज अहमदले १–१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको हैदराबादले १८.३ ओभरमा सबै विकेट गुमाएर १ सय १३ रन बनाएको थियो । निकै खराब सुरुवात गरेको हैदराबादले मात्र २१ रनमा ३ विकेट गुमाएको थियो ।
टोलीका लागि कप्तान प्याट कमिन्सले सर्वाधिक २४ रन जोडे । ऐडन मार्क्रमले २० रनको योदान दिए भने हेनरिक क्लासनले १६ रन बनाए । नितिश कुमार रेड्डीले १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
कोलकात्ताका लागि मिचेल स्टार्कले घातक बलिङ गरे । उनले पावर प्लेमा दुई विकेट लिँदै हैदराबाद माथि मनोवैज्ञानिक दवाव बनाएर धरापमा पारे । ३ ओभरमा उनले मात्र १४ रन खर्चिए ।
त्यस्तै, आन्द्रे रसलले ३ विकेट लिए भने हर्षित रानाले २ विकेट हात पारे । वैभव अरोरा, सुनिल नरेन र वरुण चक्रवर्तीले १–१ विकेट लिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x