१२ मंसिर २०८३, शुक्रबार

गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डेलाई नियुक्त गर्न सर्वोच्च अदालतको आदेश

एसीपी संवाददाता

१५ जेष्ठ २०८१, मंगलवार ०८:२१ मा प्रकाशित

कास्की । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डेलाई नियुक्त गर्न सर्वोच्च अदालतले ४८ घण्टाको समय दिएको छ ।

एमाले दल नेता खगराज अधिकारीको विश्वासको मतसम्बन्धी प्रक्रियालाई असंवैधानिक ठहर गर्दै अदालतले पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख डिल्लीराज भट्टको नाममा आदेश दिएको हो ।

कांग्रेस दल नेता सुरेन्द्रराज पाण्डेले गत २५ वैशाखमा दर्ता गरेको रिटमा सोमबार अन्तिम फैसला गर्दै न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजालसले विश्वासको मत लिएको प्रक्रियालाई अवैधानिक ठहर गरेको हो ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x