१२ मंसिर २०८३, शुक्रबार

एमाले परित्याग गरी ६ जना नेपाली कांग्रेसमा प्रवेश

एसीपी संवाददाता

१७ जेष्ठ २०८१, बिहीबार १०:४४ मा प्रकाशित

नेपालगञ्ज । नेकपा एमाले परित्याग गरी ६ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

पार्टी कार्यालय नेपालगञ्जमा आज कार्यबहाक सभापति गोपाल प्रसाद अधिकारीले पार्टी प्रवेश गराएका हुन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ धम्बोझी चन्दननाथ टोलका शिवलाल बुढा, निशा श्रेष्ठ बुढा, निर्मला केसी, दीपक केसी, सियाराम पासी र खुमा ओली बुढा कांग्रेसमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा सचिव सुधांशु कोइराला, सहसचिव रेनु सिंह ठाकुर, कोषाध्यक्ष यज्ञ बहादुर बस्नेत, सदस्य उमा थापा मगर, प्रदेश २(ख) का सभापति जितेन्द्र बहादुर हमाल, कार्यबहाक नगर सभापति धनराज बर्मा, वडा नम्बर १ की सभापति सीता काफ्ले, सचिव विष्णु बोगटी लगायतको उपस्थिति रहेको नेपाली कांग्रेस बाँकेका कार्यालय सचिव अमित कँडेलले बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x