१२ मंसिर २०८३, शुक्रबार

निजी क्षेत्रलाई जाने पैसा सरकारले बैंकबाट आन्तरिक ऋण लिँदा समस्या हुन्छः पूर्वअर्थमन्त्री महत

एसीपी संवाददाता

२१ जेष्ठ २०८१, सोमबार १०:१३ मा प्रकाशित

काठमाडौं। कांग्रेस प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले पुरानो योजनामा बजेट नराखी नयाँ योजना अगाडि सार्दा विकास योजनाले गति लिन नसक्ने बताएका छन्।

काठमाडौंमा आयोजित ‘आव २०८१-८२ माथिको छलफल’मा महतले हरेक वर्ष नयाँ योजना थप्ने तर कार्यान्वयन नहुने परिपाटी बनेको बताए।

तलब भत्ता, सामाजिक सुरक्षा र विदेशमा तिर्नुपर्ने ऋणका कारण नेपालको अर्थतन्त्र दबाबमा परेको उनले बताए।  उनले निजी क्षेत्रलाई जाने पैसा सरकारले बैंकबाट आन्तरिक ऋण लिँदा उद्योग कलकारखाना सञ्चालन हुन नसक्ने र यसले प्रतिफल दिन नसक्ने स्पष्ट पारे। राजश्व भनेजति उठाउन नसक्दा समस्या पर्ने उनको भनाइ छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x