१२ मंसिर २०८३, शुक्रबार

जानकीमा लैङ्गिक उत्तरदायी बजेट परीक्षण सम्वन्धि क्षमता विकास कार्यशाला

एसीपी संवाददाता

२२ जेष्ठ २०८१, मंगलवार ०८:५७ मा प्रकाशित

नेपालगञ्ज । लैङ्गिक समानता, सामाजिक समावेशीकरण तथा लैङ्गिक उत्तरदायी बजेट परीक्षण सम्वन्धि दुई दिने क्षमता विकास कार्यशाला गोष्ठी आजदेखि जानकी गाउँपालिकामा शुरु भएको छ । जानकी गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजना र आइएनएफ बाँकेको समन्वयमा लैङ्गिक समानता, सामाजिक समावेशीकरण तथा लैङ्गिक उत्तरदायी बजेट परीक्षण सम्वन्धि दुई दिने क्षमता विकास कार्यशाला गोष्ठी शुरु भएको हो ।

दुई दिने क्षमता विकास कार्यशाला गोष्ठीमा बोल्दै गाउँपालिकाका अध्यक्ष छब्बन खाँले यस्ता तालिमहरु फाल्गुन चैत्रसम्म सन्चालन गरिसक्न निर्देशन दिए । उनले गाउँसभाको तयारी गर्नुपर्ने कारणले यस्ता कार्यक्रममा उपस्थित हुन भ्याई नभ्याई हुने हुँदा फाल्गुन चैत्रसम्म सन्चालन गरिसक्नुपर्ने बताए । कार्यशाला गोष्ठीमा सामाजिक विकास समितिका संयोजक रामआचल धोवीले कार्यक्रम तथा निती बनाउनु भन्दा पहिला नै यो कार्यक्रम सन्चालन भएकाले विगतमा वजेट जे जस्तो कार्यक्रम बनेर सञ्चालन भए पनि आगामी दिनमा वजेट कार्यक्रम तथा नीति बनाउनु भन्दा पहिला सबै क्षेत्र दलित, महिला, मुस्लिम, बालबालिकालाई समेटेर वजेट बन्नेमा आफू पूर्ण आशावादी रहेको बताए ।

सामाजिक विकास समितिका संयोजक धोवीको अध्यक्षता एवम् गाउँपालिका अध्यक्ष खाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिकाका लेखा अधिकृत मतिन अहम्मद अन्सारीले स्वागत मन्तव्य ब्यक्त गरेका थिए भने महिला तथा बालबालिका शाखाकी प्रमुख कल्पना गाहाले कार्यक्रम सन्चालन गरेकी थिइन् । लै.सा.स. स. की इन्दु पन्त, नरमाया सुनार  र हरगोविन्द पाण्डेले प्रस्तुतिकरण गरेका थिए । कार्यक्रममा उपाध्यक्ष रामप्यारी यादव, पालिकाका १ र २ नम्वरका वडा अध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुखहरु, वडाका सचिवहरु लगायतको उपस्थिति रहेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x