७ कार्तिक २०८१, बुधबार

काठमाडौं महानगरले तीन स्थानमा विश्वकप क्रिकेटको नि:शुल्क प्रत्यक्ष प्रदर्शन गर्ने

एसीपी संवाददाता

२२ जेष्ठ २०८१, मंगलवार ०९:०१ मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं तीन स्थानमा टी–ट्वान्टी विश्वकप क्रिकेटको निःशुल्क प्रत्यक्ष प्रदर्शन गर्ने भएको छ । महानगरले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा ठुला एलईडी स्क्रिन राखेर लाइभ गर्न लागेको हो ।

महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्टको सहआयोजना र खेलकुद मन्त्रालयको सहकार्यमा प्रत्यक्ष प्रदर्शन गर्न लागिएको मेयर बालेन शाहको सचिवालयका सदस्य नवीन भण्डारीले जानकारी दिए ।

नेपाली समयअनुसार मंगलबार राति सवा ९ बजेदेखि नेपाल र नेदरल्यान्ड्सबीचको खेल हुँदैछ ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x