१२ मंसिर २०८३, शुक्रबार

राजनीतिक स्थिरता बिना मुलुकको विकास हुँदैन : अध्यक्ष यादव

एसीपी संवाददाता

२२ जेष्ठ २०८१, मंगलवार ०९:२४ मा प्रकाशित

बुटवल । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक स्थिरता बिना मुलुकको विकास नहुने बताएका छन् ।

सोमबार  जसपा नेपाल जिल्ला समिति रुपन्देहीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले नेपालको राजनीतिक इतिहासमा कुनै पनि सरकार ५ वर्षसम्म चल्न नसकेको बताए ।

उनले राजनीतिक अस्थिरताले विकासको गति रोकिने बताए ।

अध्यक्ष यादवले पार्टी फुट्यो भनेर व्यर्थमा चिन्ता नगर्न नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरे । उनले भने, ‘जो गयो, त्यो आफ्नो थिएन, जो आफ्नो हो, त्यो पार्टीको साथमा छ । त्यसैले पार्टी छोडेर गएकाप्रति धेरै चिन्ता नगरौँ । जुन देशमा राजनीतिक स्थिरता हुँदैन त्यहाँ पार्टीको स्थिरता पनि हुँदैन ।’

गैरकानूनी रूपमा जसपा नेपाल फुटाइएको घोषणा गरेको भन्दै उनले १ प्रतिशत कार्यकर्ता पनि अर्को पार्टीमा नगएको दाबी गरे । रातोपाटि

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x