१२ मंसिर २०८३, शुक्रबार

वाम सरकारको बजेटमा कांग्रेस नेता बस्नेतको टिप्पणीः ऋण लिएर घ्यू खाने सपना बाँडियो

एसीपी संवाददाता

२३ जेष्ठ २०८१, बुधबार ०८:१० मा प्रकाशित

काठमाडौं । कांग्रेस नेता एवं राष्ट्रियसभा सदस्य जितजंग बस्नेतले वाम गठबन्धन सरकारले ल्याएको आगामी आवको बजेट उत्पादनविनाको समाजवाद र स्रोत विनाको कार्यक्रम रहेको टिप्पणी गरेका छन्।

बजेटमाथि राष्ट्रियसभामा छलफलमा भाग लिँदै नेता बस्नेतले नयाँ कागजमा पुरानै नीति तथा कार्यक्रमहरू आएको र यसका लागि अर्थमन्त्री वर्षमान पुनले १ घन्टा ४५ मिनेट खर्चेर समय बर्बादी भएको महसुस भएको बताए । उनले आगामी आबको साढे १८ खर्बको बजेट महत्वकांक्षी, सपनावादी, वितरणमुखी, ऋणमुखी र कर्मकाण्डी रहेको बताए।

‘समस्या समाधान गर्ने बजेट बन्नुको साटो अझ समस्या बढाउने राजनीतिक बजेट आएको छ, जनतालाई राहत दिने भन्दा पनि ऋण र करको बोझले झनझन देशलाई खोक्रो बनाएर जनताको मनोबल गिराउने काम भएको छ,’ उनले भने, ‘ देशबाट भाग्नुपर्ने, अर्काेको देशमा दास बन्नुपर्ने स्थिति बजेटबाट सृजना भइरहेको छ।’

बस्नेतले यो बजेटबाट ऋण लिएर घ्यू खाने सपना देखाएर नेता र व्यापरीलाई पोस्ने काम भएको बताए। । ‘स्रोत नभएको कार्यक्रम देखाएर सपना ठिंगा बाड्ने बजेट आएको छ । उत्पादनविनाको समाजवाद र स्रोत विनाको कार्यक्रम हो,’ उनले भने।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x