१२ मंसिर २०८३, शुक्रबार

नरेन्द्र मोदी प्रधानमन्त्रीमा नियुक्त, भारतमा ह्याट्रिक गर्ने दोस्रो नेता बने मोदी

एसीपी संवाददाता

२६ जेष्ठ २०८१, शनिबार १०:४६ मा प्रकाशित

काठमाडौं । नरेन्द्र मोदी भारतको प्रधानमन्त्रीमा नियुक्त भएका छन्।

राष्ट्रपति द्रौपदी मुर्मुले मोदीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन् । मोदी आइतबार शपथ लिनेछन् । मोदी सत्तारुढ गठबन्धन एनडीएको गठबन्धनबाट प्रधानमन्त्री बनेका हुन्।

भारतमा प्रधानमन्त्रीमा ह्याट्रिक गर्ने मोदी दोस्रो नेता हुन्। यसअघि भारतमा जवाहर लाल नेहरु लगातार तीन पटक प्रधानमन्त्री बनेका थिए। हाल मोदीले पनि ह्याट्रिक गरेका हुन्।

मोदी ०१४ देखि लगातार भारतको प्रधानमन्त्री छन्। उनले यसअघिका दुई कार्यकालमा भारतीय जनता पार्टी (भाजपा)को एकल  बहुमतको सरकार चलाएका थिए।

उनी पहिलोपटक २०१४ मा प्रधानमन्त्री बनेका थिए। त्यसपछि उनी २०१९ मा प्रधानमन्त्री बने। ५४३ सदस्यीय लोकसभामा एनडीएले २९२ सिट जितेको छ भने भाजपा एक्लैको २४० सिट छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x