प्रहरीले दिँदै आएको सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले नागरिक सुनुवाई सम्पन्न
बाँके नेपालगंज वडा प्रहरी कार्यालय नेपालगंज बाँकेको आयोजनामा कार्यालयका प्रमुख प्रहरी निरीक्षक हरि बहादुर बि.सी.को अध्यक्षतामा नेपालगज उपमहनागरपालिका वडा नं ६ का वडा अध्यक्ष समिर प्रताप सिंहको प्रमुख आतिथ्यतामा वडा नं ५ का वडा अध्यक्ष सराफत हुसेन शेष, पुर्व सांसद मो.याकुब अन्सारी, धार्मिक सद्भाव समितिका अध्यक्ष दिपक लोध, कवाड व्यवसायी संघका अध्यक्ष मो.उमर हलवाई, यातायात व्यावसायी, समाजसेवी, पत्रकार, स्थानिय मानिसहरु लगायतको उपस्थितिमा प्रहरीले प्रदान गर्दै आएको सेवा तथा प्रहरीले आगामी दिनमा गर्नुपर्ने कार्यको बिषयलाई लिएर स्थानीय जनतासँग राय सुझाव लिन र प्रहरीले दिँदै आएको सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको ।
साथै उक्त कार्यक्रममा उठेका प्रश्न तथा गुनासहरूलाई सम्बोधन गर्दै प्रहरी निरीक्षक हरि बहादुर बि.सी.ले यस वडा प्रहरी कार्यालय नेपालगंज बाँकेले प्रदान गर्दै आएको सेवालाई प्रभावकारी बनाउदै शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि प्रहरीसँग हातेमालो गर्दै प्रहरीलाई सूचना दिने तथा गलत प्रवृति देखेमा त्यसलाई नियन्त्रण गर्नको लागि सुझाव तथा सल्लाह दिई अपराध नियन्त्रण र अनुसन्धान कार्यमा सहयोग गर्न नागरिकलाई अनुरोध गर्नु भयेको छ ।



