७ कार्तिक २०८१, बुधबार

दलितका लागि दलित अभियान नेपाल’को दैलेखमा जन-प्रदर्शन तथा जागरण सभा

एसीपी संवाददाता

३० जेष्ठ २०८१, बुधबार २०:४१ मा प्रकाशित

दैलेख –  दलितका लागि दलित अभियान नेपालको दैलेखको भगवतीमाई गाउँपालिका बेस्मातडामा जेठ २९ गते  जन-प्रदर्शन तथा भव्य जागरण सभा सप्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अथिति  राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले मानिसलाई जबर्जस्ती दलित बनाएर राज्यले अपराध गरेको बताउनु भएको छ । देश, समाज दलितको आँशु , रगत बगेको टुलुटुलु हेरेर बसेकाले अब दलित आफ्नो लागि आफै लड्नुपर्ने कुरामा विश्वकर्माको जोड रहेको थियो  । मन्चमा  उभिएर भाषण गर्ने तर घरमा दलितलाई छिर्न नदिने अवस्थामा अहिले पनि रहेकाले दलितको अभियान गैरदलितको विरुद्ध नभएको बताउदै उहाँले कानुनले प्रतिबन्ध गरेको कर्म गर्ने छुट कसैलाई नभएको बताउनुभयो । दलित आयोग तिनै तहको सरकार मार्फत जातीय विभेद र हिंसाको विरुद्ध कार्य गरिरहेको जानकारी पनि राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले दिनु भयो  ।

कर्णाली प्रदेश सभा सदस्य उर्मिला विश्वकर्माले  दलित आन्दोलनको लागि आफू सबै त्यागेर लाग्न तयार रहेको बताउनु भयो । दलित समुदायको न्याय र मुक्तिका लागि पार्टीभन्दा माथि उठेर लाग्नुपर्ने परिस्थिति बनेको बताउनु भयो । कर्णाली प्रदेशको निवर्तमान मन्त्री समेत रहनुभएको विश्वकर्माले कर्मचारी तन्त्रका असहयोगका कारणले दलितको कानुन बन्न नसकेको बताउनु भयो ।

कार्यक्रममा ‘दलितका लागि दलित अभियान’का संयोजक खगेन्द्र सुनारले विभिन्न पार्टीमा लागेका दलित अब दलित बनेर बसिरहन होइन विद्रोह गर्न तयार हुनुपर्छ l आफ्नो स्वाभिमान र मर्यादाका लागि बलिदान दिन पछि पर्नु हुन्न भन्दै हिजोसम्म अरूका लागि दलित बनेर लडियो अब दलितका लागि लड्नुपर्छ, आफ्ना लागि आफै लड्नुपर्छ l सिङ्गो मानवताका लागि लड्नु पर्नेछ l  दलितहरू बिच परस्परको एकता आजको आवश्यकता हो l हामी एक भएर लड्यौ भने जित छिटो हासिल हुन्छ l एकताको बलमा हाम्रो सामर्थ्य देखाउन सकिन्छ अत: दलित एक भएर सामुहिक प्रतिवाद गर्नु आजको पहिलो आवश्यकता र सर्त हो  । आफ्नो अधिकारको लागि छुट्टै शक्ति निर्माण गरेर आत्मसम्मानको अभियानमा जुट्नुपर्नेमा खगेन्द्र सुनारको आग्रह थियो ।

चर्चित लोक तथा दोहोरी गायिका टीका सानूले जातीय विभेद विरुद्ध गित गाउनु भएको थियो । कार्यक्रम उहाँले आफ्नो धेरै चर्चित गित प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा भगवतीमाई युवा संजालले समन्वय गरेको थियो भने स्थानीय अन्य सङ्घ सस्थाले सहकार्य गरेका थिए ।

दैलेखको भगवतीमाई गाउँपालिका बेस्तडामा भएको कार्यक्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा ‘दलितका लागि दलित अभियान’का संयोजक खगेन्द्र सुनार, कर्णाली प्रदेश सभा सदस्य उर्मिला विश्वकर्मा, दलित मुक्ति मोर्चा अध्यक्ष दिनेश चदरा, भगवतीमाई गाउँपालिका उपाध्यक्ष मिनाकुमारी खड्का, चर्तित कलाकार टीका सानू, दलित जनप्रतिनिधि, दलित अगुवा, अभियन्ता, दलित पत्रकार सङ्घ, कलाकार, लगायत हजारौं दलित समुदायको सहभागिता थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x