७ कार्तिक २०८१, बुधबार

भेरी अस्पतालको निरीक्षणमा आए मन्त्री

एसीपी संवाददाता

३१ जेष्ठ २०८१, बिहीबार १०:१७ मा प्रकाशित

नेपालगन्जः नेपाल सरकारका स्वास्थ्य तथा जनसख्या राज्यमन्त्री हसिना खानले भेरी अस्पतालको निरीक्षण गर्नुभएको छ । राज्यमन्त्री खानले अस्पतालका विभिन्न वार्डहरू, क्याबिन, आइसियु, डायलिसिस, एमआरआई र भिडियो एक्स–रे विभाग, प्रसूति गृह, ओपिडी क्षेत्र लगायतको निरीक्षण गर्नुभएको हो ।

नेपालगन्जस्थित भेरी अस्पतालमा बुधबार आयोजना गरिएको स्वागत तथा निरीक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारले जनताको स्वास्थ्य उपचारलाई प्रमुख प्राथमिकतामा राखेको बताउनुभयो । जनतालाई सुलभ, सस्तो र गुणस्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्नका लागि सरकार गम्भीर रहेको उहाँको भनाइ छ । उहाँले अस्पतालमा जनशक्तिको अभाव एक प्रमुख समस्या रहेको उल्लेख गर्दै सरकारले सो समस्या समाधानका लागि गृहकार्य गरिरहेको बतउनुभयो ।

आफ्नो गृहनगरमा रहेको भेरी अस्पतालको निरीक्षणपछि राज्यमन्त्री खानले पश्चिम नेपालकै प्रमुख रेफरल अस्पतालको रूपमा रहेको यो अस्पतालमा जनशक्तिको अभाव सबैभन्दा ठुलो समस्या देखिएको जनाउँदै जनशक्ति र भौतिक पूर्वाधारका लागि आफूले विशेष पहल गर्ने बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x