७ कार्तिक २०८१, बुधबार

कृषि दशकैमा मलखाद्य अनुदान कटौती हुँदा धवल शमशेरको बिरोध

एसीपी संवाददाता

३१ जेष्ठ २०८१, बिहीबार १०:२३ मा प्रकाशित

कृषि दशकैमा मलखाद्य अनुदान कटौती भएको बाँके क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य धवल शम्शेर राणाले बताएका छन ।

प्रतिनिधि सभामा आज बोल्दै राणाले बजेटमा पनि सरकारको नीति तथा कार्यक्रममा पनि कृषि दशक भनिएको भएपनि कृषि दशकैमा मलखाद्य अनुदान कटौती भएको र मलखाद्य नपाएको अवस्था रहेको बताएका छन ।

फाईल तस्बिर

यूरिया, डिएपी र पोटासको फ्याक्ट्री बनाउने कुनै जिकिर नै नरहेको सभामा ध्यानाकर्षण गराए ।

उनले भने, ‘अनुदान पनि सबै भ्रष्टचार भएको छ । उत्पादनमा अनुदान दिन पर्ने आवश्यकता छ र विद्युत महसुल जुन कृषि मिटरमा लाग्छ त्यो माछा पालन र पोल्ट्री फार्मलाई पनि दिनपर्ने आवश्यकता छ ।’

उनले थप भने, ‘प्रहरी सेवामा एसएसपीको बढुवाको कुरा धेरै चर्चामा आएको छ । कनिष्टलाई बरिष्ठ, बरिष्ठलाई कनिष्ट बनाउने कामहरु भईरहेको छ ।’

उनले यस्तो भयो भने प्रहरी सेवामा प्रहरीहरुको मनोबल घट्ने र देशको हितको लागि ठिक नहुने बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x