७ कार्तिक २०८१, बुधबार

बाँकेको एक सामुदायीक बनमा भरुवा बन्दुक फेला

एसीपी संवाददाता

३१ जेष्ठ २०८१, बिहीबार १९:३८ मा प्रकाशित

बाँकेको एक सामुदायीक बनमा भरुवा बन्दुक भेटिएको छ । राप्तिसोनारी गाउँपालिका वडा नम्बर ५ को सुनखोलि सामुदायिक वन र सिद्देस्वरी सामुदायिक वनको सिमानामा एकथान भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय धाम्पुरका प्रहरी नायब निरीक्षक भद्र सिंह वलिको कमान्डमा खटिएको प्रहरी टोलिले सामुदायीक् बनमा लुकाएर राखेको अवस्थामा उक्त भरुवा बन्दुक फेला पारेको हो ।

चोरी सिकारीका लागी बन्दुक जङ्गलमा लुकाइराखेको हुनसक्ने ईलाका प्रहरी कार्यालय धामपुरका प्रहरी हवल्दार टेकेन्द्र सिंह ठकुरीले बताए ।

केही महिना अघि समेत वडा नम्बर ५ कै सिद्धेस्वरी सामुदायिक बनमा लुकाएर राखेको भरुवा बन्दुक फेला परेको थियो ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x